नुहाउने क्रममा चुँदी खोलाले बगाएर निमबहादुर बेपत्ता

दमाैली : तनहुँको भानु नगरपालिका–६ लेङ्गाबारीमा चुँदीखोलाले बगाएर आज एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय निमबहादुर मस्राङ्गी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका  प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए।

नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका उनको नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको सहयोगमा खोजी कार्य भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?