
दमौली : तनहुँको व्यास नगरपालिका–५ साँगेखोलामा डुबेर आज एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाको बरबोटेका २० वर्षीय शिशिर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।
घरदेखि करिब एक किलोमिटर टाढा रहेको साँगे खोलामा डुबेको अवस्थामा स्थानीयवासीले उद्धार गरी दमौली अस्पताल पु¥याएकामा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको तनहुँ प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?