नक्कली डाक्टर बनेर बलात्कार गर्ने थापा पक्राउ

दमौली :  नक्कली डाक्टर बनेर १२ वर्षकी एक बालिका बलात्कार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ देवघाट गाउँपालिका वडा नं. २ देउपुर ईश्वर थापा मगरले रहेका छन् ।

मगरले घरमा काेही नभएको माैका पारी डर त्रास देखाएर पटकपटक जबर्जस्ती करणी गर्ने ती युवालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

देवघाट गाउँपालिका घर भएकि ती बालिकाकाे अभिभावकले दिएको जाहेरीकाे आधारमा ती युवालाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?