विदेश पठाइदिन्छु भन्दै ७९ लाखभन्दा बढी ठगी गर्ने कमलवारीकी मनुमाया पक्राउ

दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँले जापानमा फेमिली भिषा लगाइ पठाईदिन्छु भनी ठगी गर्ने एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–१२ कमलाबारी बस्ने ३८ वर्षीया मनुमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भिमाद नगरपालिका–५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१ बगर बस्ने ३८ वर्षीया रुपासरा राना बिदेश पठाइदिन्छु भनी ७९ लाखभन्दा बढी ठगी गर्ने रकम ठगी गर्ने व्यास नगरपालिका–१२ कमलाबारी बस्ने ३८ वर्षीया मनुमाया थापा बुधबार पक्राउ गरिएको हो ।

नगद ७९ लाख ९७ हजार ९ सय ९९ बैकबाट निकाली सकेको अवस्थामा थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए।

प्रहरीले निजबाट रु चार लाख ८० हजार र विभिन्न सातवटा बैङ्कको चेकबुकहरु बरामद गरेको छ । निजविरुद्ध ठगी सम्बन्धी कसुरमा तनहुँ अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?