दमौलीवाट २३ हजार नगदसहित तास खेलिरहेका १० जना पक्राउ

दमौली : तनहुँको व्यास नगरपालिका-४ सुवर्ण मार्ग दमाैलीमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा घरधनी कालु गुरुङ सहित सुरेश कुमार मजाकोटी, प्रेम बहादुर थापा, उत्तम गुरुङ, अर्जुन श्रेष्ठ, मंगल बहादुर गुरुङ, मिन बहादुर गुरुङ, इन्द्र बहादुर दरै, तिर्थ बहादुर गुरुङ र सुर्यभक्त वाग्लेलाईरहेका छन् ।

स्थानीय एक व्यक्तिको घरमा तास खेलेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टाेलीले बुधवार १० जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिए ।

उनीहरुको साथबाट नगद रु २३ हजार ३ सय ७५ र तास बरामद भएको प्राप्त जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?