तनहुँका एसपीको पाँच महिनामै सरुवा

दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अपिलराज बोहराको पाँच महिनामै सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयल नक्सालले बोहरा सहित पाँच एसपीको काज सरुवा गरेको हो ।  उनको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत सरुवा भएको छ  ।

प्रहरी प्रधान कार्यालयले पॉच एसपीको काज सरुवा भएको छ । काज सरुवा हुनेमा अपिलराज बोहरा, वीरेन्द्रबहादुर शाही, रामप्रकाश शाह, रमेश थापा र हरिहरनाथ योगी छन् ।

 

बोहरा गत फागुन १ गते तनहुँ आएका थिए । तनहुँमा प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाही आउने भएका छन् ।शाही प्रहरी प्रधान कार्यालयको कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत थिए ।

अर्को आदेश नआउँदासम्मका लागि तोकिएको दरबन्दीमा गएर काम गर्न/गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?