धादिङको गजुरीमा गुडिरहेको माइक्रोमाथि रुख ढल्यो

धादिङ : धादिङको गजुरीमा गुडिरहेको बसमाथि रुख ढलेको छ । गजुरी- ५ जरेखोलामा गुडिरहेको माइक्रो बसमाथि पहिरोसहित आएको रुख ढलेको हो ।

उक्त दुर्घटनामा परी ७ जना घाइते भएका छन् । घाइतेहरूको उपचारका लागि गजुरी अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।

धादिङको सदरमुकाम धादिङबेसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६५१२ नम्बरको ईभी माइक्रोमाथि रुख ढलेको हो ।

पहिरोका कारण सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?