दमौली : तनहुँको व्यास नगरपालिका-१ भादगाउँ अवस्थित आदिकवि भानुभक्त क्याम्पसमा साउन २७ गतेदेखि हाप्ते आइसिटी बुट क्याम्प सञ्चालन हुने भएको छ।बुट क्याम्पमा ६ ओटा क्याम्पसका विआईइसिटिई कर्यक्रममा अध्ययनरत १५० जना विद्यार्थीहरुको सहभगीतामा एक हाप्ते आइसिटी बुट क्याम्प सञ्चालन गर्न लागेको क्याम्पस प्रमुख महाप्रसाद हडखलेले जानकारी दिए ।
जसमा बालकुमारी कलेज चितवन, मध्यबिन्दु बहुमुखी क्याम्पस नवलपुर, मकवानपुर बहुमुखी क्याम्पस हेटौडा, म्याग्दी बहुमुखी क्याम्पस म्याग्दी, नीलकण्ठ बहुमुखी क्याम्पस धादिङ र वालिङ बहुमुखी क्याम्पस स्याङ्जाका रहेका छन् ।
यस बुट क्याम्पमा विद्यार्थीहरूले झ्यालढोका पङ्खा बिजुली टिभी सवारी साधन आदिमा प्रयोग अटोमेटिक डिभाइसहरू निर्माण गर्नका लागि तालिम लिने विआइसिटी कार्यक्रमका संयोजक इन्जिनियर घनबहादुर थापाले बताए ।
भदौ १ गतेसम्म संञ्चालन हुने आइसिटी बुट क्याम्प सम्पूर्ण तयारी पुरा भएको एवि आईटि क्लवका अध्यक्ष विशाल रुचालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?