दमौली : १७ औं भानु कप ‘२०८१ ‘को फुटबल प्रतियोगिताको उपाधि गोरखाको च्याङ्ली स्पोर्टस क्लबले हात पारेको छ । भानु नगरपालिका-१ भन्सारको क्षेत्रीय रङ्गशालामा आइतवार भएको फाइनल खेलमा शुक्लागण्डकीस्थित लिभिक कन्स्ट्रक्सनलाई १-० गोलले पराजित गर्दै भानु कपको उपाधि जितेको हो ।
भन्सार युवा परिवारद्धारा आयोजित प्रतियोगिताको उपाधिसँगै च्याङ्ली स्पोर्टस क्लबले नगद रु दुई लाख ५० हजार दुई सय ११ हात पारेको छ भनेलिभिक कन्स्ट्रक्सनले गद रु एक लाख २५ हजार दुई सय ११ मा चित्त बुझायो ।
प्रतियोगितामा सेमिफाइनलमा पुगेको भानुस्थित फ्रेण्डसीप युवा क्लव र चितवनको सूर्यपुर एफएसी क्लवलाई नगद रु २५ हजार दुई सय ११ प्रदान गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजार दुई सय ११, उत्कृष्ट गोलरक्षकलाई नगद रु पाँच हजार दुई सय ११, सर्वाधिक गोलकर्तालाई नगद रु पाँच हजार दुई सय ११ प्रदान गरिएको जनाइएको छ ।
विजेताहरुलाई प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पुरस्कार वितरण गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?