दमौली : तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराहीमा आज शनिबारदेखि नियमित पूजा सुरु भएको छ । साउन महिनाभर बन्द रहेका व्यास नगरपालिका-१४ स्थित छाब्दीवाराही मन्दिरमा आज देखि भक्तजनका लागि खुल्ला गरिएको हो ।
मत्स्य अवतार देवीको रुपमा पुजिने मन्दिरमा मत्स्य अवतार वाराही देवी साउन महिनाभर गुफा बस्ने भएकाले मन्दिरमा एक महिना पूजाआजा बन्द गरिएको छाब्दी वाराही मन्दिर विकास कोषका अध्यक्ष प्रेम थापाले जानकारी दिए ।
मन्दिरमा तीन जना मगर जातिका पुजारी रहेका छन् ।यहाँ साउन, एकादशी र औशी बाहेकका दिनमा बली चढाइने गरिन्छ ।
यहाँ तनहुँ सहित छिमेकी जिल्ला कास्की, गोरखा, लमजुङ लगायतबाट भक्तजन आउने गरेका छन् ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?