घाँसीकुवाको पहिरो पन्छाउन सुरु : वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनको आग्रह

दमौली : पृथ्वीराजमार्ग सडक अन्तर्गत तनहुँको व्यास–१२ घाँसीकुवामा खसेको पहिरो बिहीबार बिहानदेखि पन्छाउन सुरु गरिएको छ ।

अबिरल बर्षापछि बुधबार साँझ सडक माथिबाट एक सय तीस मिटर लामो पहिरो खस्दा राजमार्ग अवरोध भएको हो ।

पहिरोका कारण पृथ्वीराजमार्गको डुम्रे–दमौली खण्ड अबरुद्व भएको छ । पूर्वीखण्डबाट एउटा लोडर तीन वटा टिप्पर प्रयोग गरी पहिरो हटाउने काम भैरहेको मुग्लिन–पोखरा सडक पूर्वी खण्डका इन्जिनियर बिष्णु पाण्डेले जानकारी दिए ।

उहाँका अनुसार पहिरोले चार लेनको सडक पूरै अवरोध भएको हुँदा कम्तिमा ८/१० घण्टा समय लाग्ने अनुमान गरिएको छ ।

त्यसैगरी पश्चिम खण्डबाट पनि पहिरो पन्छाउन डोजर,टिपर लगायतका आवश्यक इक्युमेन्ट मगाइएको छ ।

पृथ्वीराजमार्ग भएर गुड्ने सवारीसाधानलाई वैकल्पीक मार्ग प्रयोग गराइएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए।

मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी र पश्चिम दुबै खण्डका इक्युमेन्ट प्रयोग गरी पहिरो पन्छाउने कार्य भैरहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?