रामेछाप पहिरो : मृत्यु हुनेको संख्या ६ पुग्यो, एकजना घाइते

काठमाडौं : रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, लेकखर्कमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या छ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार एकजना घाइते छन् भने केही बेपत्ता छन् ।

शनिबार राति वर्षापछि आएको पहिरोले चार घरमा क्षति गरेको छ ।

तीन घर पूर्ण रुपमा क्षति भएको छ भने एक घरमा आंशिक क्षति पुगेको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?