तनहुँ जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु

दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत आयोजनामा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ।

काम गर्ने क्रममा प्लाइले लागेर २० मिटर तल खस्दा घाइते भएका बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–१ का वर्ष ३८ का रामकुमार थारुको मृत्यु भएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

खसेर गम्भीर घाइते भएपछि पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको भण्डारीले बताए। भण्डारीका अनुसार थारु दिउँसो करिब १ बजे खसेर घाइते भएका थिए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?