पलेशा भनिन् – कठिन क्षणमा आफूमाथि विश्वास गर्दा पदक जितेँ

काठमाडौं : पेरिस पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धनले कठिन क्षणमा आफूमाथि विश्वास गर्दा सफलता हात परेको बताएकी छिन् ।

पेरिस ओलम्पिकमा भाग लिएर बुधबार स्वदेश फर्किएकी पलेशाले कठीन क्षणमा आफूमाथि विश्वास गर्दा पदक हात पार्न सफल भएको बताएकी हुन् । राखेपले आयोजना गरेको स्वागत र बधाई कार्यक्रममा पलेशाले आफूमाथि विश्वास गर्नु नै जितको ठूलो हतियार बनेको बताइन् ।

‘कठिन क्षणमा थिएँ । तर, हिम्मत नहारेर आफूमाथि नै विश्वास गर्नु जितको सबैभन्दा ठूलो हतियार बन्यो र पदक हात पार्न सफल भएँ,’ उनले भनिन् । पलेशाले पदक आफ्नो मात्र नभई देशकै पदक भएको बताइन् । छोटो समयको तयारीका बाबजुद पदक जितेको उल्लेख गर्दै उनले भनिन्, ‘यो सफलता मेरो मात्र नभई सिंगो देशको हो । अब हामीले गर्वका साथ भन्न सक्छौँ हामीसँग एउटा ओलम्पिकको पदक छ भनेर ।’

पलेशाले पदक जित्दा यति धेरै चर्चा हुन्छ भन्ने नलागेको बताइन् । ‘पदक जित्दा एकदम खुसी छु । तर, पदक जित्दा मेरो यति धेरै चर्चा हुन्छ भन्ने लागेकै थिएन,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?