पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

दमौली : तनहुँको व्यास नगरपालिका–१२, घाँसीकुवामा आज बिहान पहिरो गएको छ । पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बिहीबार रातिदेखि परेको वर्षाका कारण गएको पहिरोले घाँसीकुवा–डुम्रे खण्ड अवरुद्ध भएको हो ।

लेदोसहितको पहिरो हटाउने काम भइरहेको छ छिट्टै एकतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यता मुग्लिननजिकै घोपटेभीरमा पनि पहिरो गएको छ । मुग्लिङ–काठमाडौं अवरुद्व भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?