पहिरो हटाएपछि पृथ्वीराजमार्ग सुचारु

दमौली : तनहुँको व्यास नगरपालिका–१२, घाँसीकुवाको पहिरो हटाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

पहिरोको कारण अवरुद्ध भएको राजमार्ग हटाएपछि सञ्चालन आएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ।

बिहीबार रातिदेखि परेको वर्षाका कारण गएको पहिरोले घाँसीकुवा–डुम्रे खण्ड अवरुद्ध भएको थियो ।

लेदोसहितको पहिरो हटाएपछि  एकतर्फी सञ्चालनमा ल्याएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?