काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका छन् ।
आइतबार अबेर सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै गुनासो आएपछि खाजा खाने समय समय घटाइएको बताएका छन् ।
उनले लेखेका छन्, ‘ अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ ।’
ओलीले अगाडि भनेका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन । कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?