छाब्दी वाराही विकास कोषको अध्यक्षमा पुन: थापा

दमौली : तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दी वाराही मन्दिरको  विकास कोषको अध्यक्षमा थानबहादुर थापा पुनः निर्वाचित भएका छन् ।

विकास कोषको शनिबार सम्पन्न एघारौ अधिवेशनबाट नयाँ समितिमा पुनः थापा चयन भएका हुन् ।

कोषको उपाध्यक्षक दीपकबहादुर थापा, सचिवमा सन्तोष आले मगर, सहसचिवमा सिर्जना पन्थ, कोषाध्यक्षमा रामबहादुर थापा चयन भएका छन् ।

सदस्यहरुमा विनोद आले, सम्झना परियार, वीरबहादुर आले, अर्जुन थापा, कर्णसिं थापा, रिखबहादुर आले, इमबहादुर थापा, धनबहादुर थापा, सुरबहादुर क्षेत्री, रीता पन्थ, उमबहादुर थापा र धनबहादुर आले निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?