बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, ५१ जना बेपत्ता

दमौली :  देशभर गएको बाढी र पहिरोको घटनामा परेर हालसम्म ३७ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् ।

यो तथ्याङ्क असोज ११ गतेदेखि १२ गते दिउँसो २ः४५ बजेसम्मको हो ।

हालसम्म घाइतेको सङ्ख्या ४ जना रहेको छ भने १ हजार २९८ जनाको सकुशल उद्धार गरिएको छ ।

त्यस्तै, १ सय ९५ वटा घरमा भौतिक क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?