काठमाडौँ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज रु. १० करोड २६ लाख सहयोग प्राप्त भएको छ ।
कोषका लागि आईतवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइएमई ग्रुपबाट रु. पाँच करोड हस्तान्तरण भएको छ ।
यसैगरी नेपाल बैंक लिमिटेडबाट रु. दुई करोड, निर्माण व्यवसायी विकास परिषद्बाट रु. एक करोड, एनएमबी बैंकबाट रु. ५१ लाख र नेपाली काँग्रेसबाट रु. ५० लाख सहयोग प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट रु. ५० लाख, नेपाल इन्स्योरेन्सबाट रु. ५० लाख र मेटलाइफ इन्स्योरेन्सबाट रु. २५ लाख सहयोग प्राप्त भएको छ ।
यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट जनधनको क्षति भएपछि पीडितका लागि कोषमा सहयोग प्राप्त हुने क्रम जारी रहेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?