लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ जनाको अवस्था गम्भीर

लमजुङ : लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भिर छ।

ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० बजे दुर्घटना भएको थियो।

टाउकोमा चोट लागेका पाँच जना घाइतेहरुलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाममै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?