तरुण पुरस्कार पत्रकार नहर्कीलाई प्रदान गरिने

दमौली : नेपाल तरुणदल तनहुँले स्थापना गरेको तरुण पुरस्कारबाट पत्रकार अमरराज नहर्कीलाई सम्मान गरिने भएको छ ।  नेपाल तरूण दल जिल्ला कार्य समिति तनहुँले ७२ औ स्थापना दिवसका अवसरमा पत्रकार नहर्कीलाई सम्मान गर्ने भएको हो ।

नेपाल तरुण दल जिल्ला कार्यसमिति तनहुँले कात्तिक १० गते स्थापना दिवसको दिनमा पत्रकार नहर्कीलाई पुरस्कार प्रदान गरिने निर्णय भएको नेपाल तरुण दल तनहुँका अध्यक्ष हिरा थापाले जानकारी दिए ।

एक जना प्रेस युनियनमा आबद्ध पत्रकारलाई तरुण पुरस्कारबाट पुरस्कृत गरिने पहिले नै घोषणा गरेको थियो । सोही अनुरुप नेपाल प्रेस युनियन तनहुँको निबर्तमान अध्यक्ष समेत नहर्कीलाई सम्मान गर्ने निर्णय भएको  नेपाल तरुण दल तनहुँका अध्यक्ष थापाले बताए ।

दुई दशक भन्दा अघि देखि तनहुँमा कार्यरत पत्रकार नहर्कीले थुप्रै मानसम्मान पाइसक्नु भएको छ । उहाँले नेपाल पत्रकार महासङ्घ, शिक्षामन्त्रालयको शिक्षा विभागद्धारा सयुक्त रुपमा प्रदान गर्ने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, शिक्षा लेखनवृत्ति पुरस्कार, जय प्राप्ति म्युजिक अवार्ड लगायत थुुप्रै पुरस्कार तथा मान सम्मान भइसकेको छ ।

नहर्की गोरखापत्र दैनिकको तनहुँ समाचारदाता तथा नेपाल प्रेस युनियन तनहुँको निर्वतमान अध्यक्ष समेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?