पौडी खेल्ने क्रममा तनहुँमा एक युवाको मंगलबार मृत्यु भएको छ।
मृत्यु हुनेमा दमौली ब्यास २ का २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार व्यास ७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेका थिए। उद्धारका क्रममा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?