त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा सोध्न थाल्यो प्रश्नपत्र

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको छ।

अंग्रेजी भाषामा मात्रै प्रश्न पत्र बनाउँदा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएको जनाउँदै विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको हो।

विगत केही वर्ष अघि विद्यार्थीहरूले अंग्रेजी भाषामा प्रश्न पत्र आउँदा नबुझिएको गुनासो पोखेकोले र परीक्षा नतिजा पनि राम्रो नआएकोले त्रिविले दुवै भाषामा प्रश्न पत्र बनाउने निर्णय गरेको थियो।

त्यसैले पहिलो पटक अहिले सञ्चालनमा रहेको स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषाबाट प्रश्नपत्र बनाएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?