
काठमाडौँ : मंगलबार बिहानै काठमाडौँ उपत्यकालगायत नेपालका विभिन्न क्षेत्रमा महसुस गरिएको भूकम्पले तिब्बतमा भने अहिलेसम्म ५३ जनाको गएको छ।
चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार नेपाल र चीनको सीमानामा केन्द्रविन्दु भएको ७ रिक्टर स्केलको भूकम्पमा ५३ जनाको ज्यान गुमेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
एक हजारभन्दा धेरै घरमा क्षति पुगेको छ भन् ३८ जनाभन्दा धेरै घाइते छन्।
नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको थियो। तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको थियो।
नेपालका सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङलगायतका स्थानमा भूकम्पको ठूलो धक्का महसुस भएको थियो। काठमाडौँ उपत्यकामा पनि मानिसहरु घरबाहिर निस्केका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?