
दमौली : नेकपा माओवादी केन्द्रको शुभेच्छुक संस्था प्रेस सेन्टर तनहुँको अध्यक्षमा अस्मिता खनाल निर्वाचित भएकी छन् ।
शुक्रबार तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली रिसोर्टमा भएको पाँचौ जिल्ला अधिवेशनले खनालको नेतृत्वमा नयाँ नेतृत्वमा सर्वसम्मत चयन भएकी हुन् ।
उपाध्यक्षमा अशोक विश्वकर्मा, सचिवमा विनोद ढुंगाना, कोषाध्यक्षमा सावित्रा कोइराला, सहसचिवमा सुष्मा गुरुङ चयन भए ।
सदस्यमा विनिता भण्डारी, अनिता गुरुङ, सुष्मा सेन्चुरी रहेका छन् । ११ सदस्यीय कार्यसमितिमा तीन जना पछि मनोनित गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?