शुक्लागण्डकी एफ.एम.को अध्यक्षमा शिव पौडेल

दुलेगौंडा : तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जको अध्यक्षमा शिव पौडेल सर्वसम्मत भएका छन् ।

शनिवार शुक्लागण्डकी –९ स्थित सुरौदी दोभानमा आयोजित नवौं वार्षिक साधारणसभा एवम् छैटौं अधिवेशनबाट अध्यक्षमा पौडेललाई सर्वसम्मत रुपमा गरिएको हो।

उपाध्यक्षमा आनन्दसुन्दर श्रेष्ठ, सचिवमा टिकाराम श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र पौडेल, सहसचिवमा विवेक वाग्ले रहेका छन् ।

सदस्यहरुमा तिर्थराज खनाल, विर्सना श्रेष्ठ प्रविण श्रेष्ठ, विपिन रिमाल चयन भए ।

लेखा समिति संयोजकमा मुक्ति प्रसाद शर्मा र सदस्यहरुमा कलमचन्द्र  लम्साल र धर्मराज पोख्रेल (विनोद) रहेका छन् ।

निर्वाचन समितिका संयोजक एकराज सिग्देल र सदस्यहरु राजन रिमाल र विपिन वाग्ले रहेको निर्वाचन समितिले सर्वसम्मत निर्वाचन सम्पन्न गराएको शुक्लागण्डकी एफ.एमका  स्टेसन म्यानेजर राजन उपाध्यायले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?