आदिकवि नेपाली सिर्जनशील मञ्चको अध्यक्षमा सन्दिप सर्वसम्मत चयन

तनहुँ : व्यास-१ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसको आदिकवि नेपाली सिर्जनशील मञ्चको अध्यक्षमा सन्दिप सुनारलाई   सर्वसम्मत रुपमा  चयन गरेको छ ।  बुधवार बिहान क्याम्पसको सभाहलमा भएको प्रथम अधिवशनले सन्दिपलाई अध्यक्षमा चयन गरेको हो  ।

त्यस्तै उपाध्यक्षमा सन्जिता खनाल , सचिवमा  देवन आले , सहसचिवमा  पुनम सुनार , कोषाध्यक्षमा युबराज आले र सदस्यहरुमा सुस्मिता आछामी, धर्मराज थापा, सुस्मिता थापा, सुस्मिता कुवँर , सरिता सार्कि , उषा आले , नवरत्न बिक लाई चयन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम सन्चालक समितिका उपाध्यक्ष बुद्विमान श्रेष्ठले मञ्च ले गरेका काम को प्रशंसा गर्दै सञ्चालक समितिको साथ सदैव मञ्च प्रति रहने कुरा व्याक्त गरेका थिए। बिशिष्ट आतिथि एवं  क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले मन्चले गरेका कार्यहरु अति नै राम्रा भएका र आगामी दिनमा पनि यस्तै कार्यक्रम हुने मा आशा व्याक्त गर्दै क्याम्पस को साथ सहयोग सदैव मञ्च प्रति रहने कुरा व्याक्त गरेका छन् ।

कार्यक्रमका बिशिष्ट अतिथि नेपाली बिभाग प्रमुख बिजयराज खनालले नेपाली बिभाग को साथ सदैव मञ्च लाइ हुने भन्दै अधिवेशानको खर्चको व्याबस्थापन आफुले गर्ने प्रतिबद्वता व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा सहायक क्याम्पसहरु प्रमुख डा. रामकुमार अधिकारी र सागर पौडेल, , अन्य प्राध्यापकहरु आदिकवि भानुभक्त क्याम्पस इकाइका सभापति सुदर्शन पोख्रेल, एबिसि साइन्स क्लबका अध्यक्ष अनिल रानाभाट , एबिसि लेक्सकि अध्यक्ष रिसु थापा मगर , एबिसि म्याथ क्लबका अध्यक्ष पदम थापा , व्याबस्थापन बिधार्थी सर्कलका सचिव सुमन खड्का समितिका सदस्य पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

मञ्चका निवर्तमान अध्यक्ष सागर पाण्डेको अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य मञ्चका आमन्त्रीत सदस्य ध्रुब बिक गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?