
काठमाडौं : प्यालेस्टाइनी विद्राेही समूह हमास र इजरायलबीचको युद्धविरामका क्रममा हमासले रिहा गर्नुपर्ने ३३ जनाको सूची इजरायलले सार्वजनिक गरेको छ ।
इजरायलले सार्वजनिक गरेको यो सूचीमा नेपालका विपिन जोशीको नाम छैन ।
युद्धविराम सम्झौताको पहिलो चरणमा हमासद्वारा रिहा गरिने इजरायली बन्धकहरूमा अक्टुबर ७ मा हमासले अपहरण गरेका सबैभन्दा कान्छा र सबैभन्दा पाका बन्धकहरू समावेश छन् ।
इजरायलको आधिकारिक सामाजिक सञ्जाल एक्सको अकाउन्टमा पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको नामसहितको तस्वीर साझा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?