
दमौली : नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष सोन आले मगरले जिल्ला कार्यसमिति विस्तार गरेका छन् ।
जिल्ला अध्यक्ष आलेले नेपाल बिधार्थी संघ बिधान २०२७ (सातौं संशोधन २०७५ ) मा रहेको प्रावधान अनुसार जिल्ला कार्य समिति विस्तार गर्न आवश्यक देखिएकाले आज कार्य समिति विस्तार गरेकाे जनाएका छन्।
‘नेपाल विद्यार्थी संघको जिल्ला कार्य समिति विस्तार गर्न आवश्यक देखिएकाले आजकै मिति देखि लागु हुने गरी तपसिल अनुसार तनहुँ जिल्ला समिति विस्तार गरिएको यसै विज्ञप्तिद्वारा जानकारी गराउँदछु।’- उनले भनेका छन्।
केही दिन पहिले आशिष कैनीको नेतृत्वमा ५१ सदस्य समिति विस्तार गरिएको थियो भने यस समितिमा एक सय सदस्य रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?