
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुन प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?