झापाबाट विराटनगर जाँदै गरेका कोशी प्रदेशका सांसदहरु दुर्घटनामा परेका छन् ।
सासदहरु नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार बा ५ च ३५२० नम्बरको गाडी दुर्घटनामा परेको हो ।
कारसँग ठोक्किएको गाडीमा क्षति भएपनि सांसदहरु सकुसल रहेको प्रहरीले जनाएको छ । सांसदहरु कोशी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगरतर्फ जाँदै थिए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?