तनहुँमा यात्रुबाहक बस दुर्घटना, २५ भन्दा बढी घाइते

तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित पृथ्वीराजमार्गको घुम्तीमा यात्रुबाहक बस दुर्घटना हुँदा २५ भन्दा बढी यात्रु घाइते भएका छन्।

पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना ५ ख ६८४१ नम्बरको बस  दिउँसो करिब २ः३५ बजे सडकबाट करिब २० मिटर तल खस्दा दुर्घटना भएको हो।

बस दुर्घटनामा परेका घाइतेहरूलाई उपचारका लागि दमौलीस्थित प्रदेश अस्पताल, रत्नहरी अस्पताल, म्याग्दे पोलिक्लिनिक थर्पु र गण्डकी अस्पताल पोखरा पठाइएको छ।

घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने धेरैजसोको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?