गोरखामा बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ गइरहेको ग २ ख ९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका वडा नं ४ फिनामकी ४ वर्षीय सुविना सुखेर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो सवा १ बजे बसबाट ओर्लीने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार घटनामा परेर बालिकाकी आमा २० वर्षीया बिनाता सुर्खेती भने गम्भीर घाइते भएकी छिन् ।
आमा बिनिताको सुखेर्तीको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको गोरखा नगरपालिका वडा नं ४ को कार्यबहाक अध्यक्ष रोकाले बताए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?