आँबुखैरेनीबाट अमेरिकन पेस्तोल सहित दुई जना पक्राउ

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट ‘मेड इन युएसए’ लेखिएको पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो १२:१५ बजे मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना २८ प १५१९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त हतियार फेला पारेको हो।

पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका–७ गौरी नगर बस्ने ३२ वर्षिय बिजय तिवारी रहेका छन् ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?