काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित

काठमाडौँ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् । पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरिएको हो ।

पाण्डेलाई ६ महिनाका लागि निलम्बनमा राखेर छानबिन गर्न जाँचबुझ समिति गठन गर्न लागिएको महानगर स्रोतले जनाएको छ ।

पाण्डेले गत चैत २१ गते आफू कार्यालय फर्किएको समयमा प्रहरी परिचालन गरेर रोकेको भन्दै गुरागाईँले स्पष्टीकरण सोधेका थिए । सो स्पष्टीकरण चित्त नबुझेको भन्दै गुरागाईँले पाण्डेले निलम्बन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?