यातायात व्यवसायीको आन्दोलन फिर्ता

यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन्। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका हुन्।

मंगलबार साँझ बसेको बैठकले देशव्यापी आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएसँगै यातायात व्यवसायी आन्दोलित बनेका थिए। जसका कारण देशभरिका सार्वजनिक यातायात ठप्प भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?