तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वी राजमार्गमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ।
मृत्यु हुनेमा कास्की जिल्ला माछापुछ्रे गाउँपालिका–४ निवासी २४ वर्षीय सरोज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार थर्पुतर्फबाट दमौलीतर्फ गइरहेको ग १ ख ९३९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको ग १७ प ५१४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक पौडेल घाइते भएका थिए। उनि प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।
बस चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–१० निवासी ३४ वर्षीय तारापति शर्मा प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?