चितुवाको आक्रमणबाट बन्दीपुरमा एक बालकको मृत्यु

तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा मंगलबार साँझ भएको चितुवाको आक्रमणबाट एक ६ वर्षीय बालकको मृत्यु भएको छ ।

साँझ करिब ७:३० बजे आफ्नै घरको आँगनमा बसिरहेका दलबहादुर गुरुङका ६ वर्षीय छोरा उत्सव गुरुङलाई जङ्गली चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आक्रमणमा गम्भीर घाइते बालकलाई तुरुन्तै बन्दीपुर अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा साँझ ८:२० बजे डाक्टरले मृत घोषणा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?