डोबाटेले पाए आन्तरिक मामिला मन्त्रालयको जिम्मा

काँग्रेसका नेता एवं गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे वि.क. ले आन्तरिक मामिला मन्त्रीको पदभार ग्रहण गरेका छन् । विना विभागीय मन्त्रीमा नियुक्त भएको साढे दुई महिनापछि विकले मन्त्रालय पाएका हुन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गत २५ असोजमा डोवाटेलाई बिनाविभागीय मन्त्री बनाएका थिए । साढे दुई महिनापछि उनलाई मन्त्रालय दिन सोमबारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला मन्त्रालयको कार्यविधि पास गरेको थियो ।

गण्डकी प्रदेश सरकारको सोमबारको क्याबिनेट बैठकले कार्यविभाजन नियमावली २०७४ संशोधन गरेर एउटा मन्त्रालय बढाएपछि डोबाटेलाई सो मन्त्रालयको जिम्मेवारी दिइएको हो । अहिले गण्डकी प्रदेशमा मन्त्रालय संख्या १२ पुर्‍याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?