तनहुँका स्थानीय तहले प्रस्तुत गरे करिब आठ अर्बको बजेट

दमौली। तनहुँ जिल्लाका स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब रु आठ अर्ब बराबरको बजेट सार्वजनिक गरेका छन्। जिल्लाका सबै स्थानीय तहले  नगरसभा र गाउँसभामार्फत आगामी वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन्।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले संयुक्त रूपमा रु ७ अर्ब ९३ करोड ८१ लाख ४७ हजार ८५५ को अनुमानित बजेट प्रस्तुत गरेका छन्।

नगरपालिकाहरूको बजेट विवरणः

  • व्यास नगरपालिका: रु १ अर्ब ७५ करोड ८४ लाख १९ हजार

  • शुक्लागण्डकी नगरपालिका: रु १ अर्ब २४ करोड ७६ लाख ३३ हजार ९ सय ६२

  • भानु नगरपालिका: रु ८८ करोड ५९ लाख ४ हजार

  • भिमाद नगरपालिका: रु ६३ करोड ७२ लाख ६० हजार ३ सय ६३

गाउँपालिकाहरूको बजेट विवरणः

  • म्याग्दे गाउँपालिका: रु ६८ करोड ८६ लाख ३६ हजार

  • बन्दीपुर गाउँपालिका: रु ६४ करोड ९० लाख ५ हजार

  • आँबुखैरेनी गाउँपालिका: रु ६२ करोड ८ लाख २२ हजार ८३

  • ऋषिङ गाउँपालिका: रु ५२ करोड ४० लाख ९५ हजार ४ सय ४७

  • देवघाट गाउँपालिका: रु ४७ करोड ७३ लाख ७७ हजार

  • घिरिङ गाउँपालिका: रु ४५ करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?