तनहुँ — व्यास नगरपालिकाले कृषकहरूलाई बाली नष्ट गर्ने बादरको समस्या समाधान गर्न लेजर लाइट वितरण कार्यक्रम सुरु गरेको छ। प्रारम्भमा नगरका केही क्षेत्रका कृषकलाई यो प्रविधि वितरण गरिने र सकारात्मक परिणाम प्राप्त भएमा सबै १४ वडामा विस्तार गरिने जनाएको छ।
नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले कृषकहरू लामो समयदेखि बादरको समस्या भोग्दै आएको बताउँदै समस्या समाधानका लागि वैज्ञानिक उपाय अवलम्बन गर्न लागिएको जानकारी दिए। “लेजर लाइट प्रभावकारी भएमा दीर्घकालीन समाधानका रूपमा यसलाई व्यापक बनाइनेछ,” उनले भने।
नगरपालिकाका अनुसार लेजर लाइट दिन र रात दुबै समयमा उपयोग गर्न सकिनेछ। कृषकहरूले सहज रूपमा प्रयोग गर्न सकून् भनी तालिम तथा जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिने तयारी गरिएको छ।
नगरपालिकाले लेजर लाइटको प्रयोगपश्चात कृषकहरूको अनुभव र प्रतिक्रिया संकलन गरी यसको प्रभावकारिता मूल्यांकन गर्ने र आवश्यक सुधार गर्दै कार्यक्रमलाई विस्तार गर्ने योजना बनाएको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?