तनहुँ – तनहुँ जिल्लामा डेंगु संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ।
तनहुँमा २०८२ सालमा हालसम्म जिल्लाभर ६१ जना डेंगु संक्रमित फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
कार्यालयको तथ्यांक अनुसार गत ७ दिनभित्र मात्रै ६ जना नयाँ संक्रमित थपिएका छन्। यद्यपि, हालसम्म डेंगुका कारण कुनै पनि मृत्यु भएको छैन।
डेंगु संक्रमण हालसम्म ९ वटा स्थानीय तहको २२ वटा वडाहरूमा फैलिएको तथ्यांकमा छ।
डेंगु संक्रमितको साप्ताहिक विवरण अनुसार जेष्ठ महिनाको चौथो साता र असारको पहिलो साता सबैभन्दा बढी संक्रमित भेटिएका छन्, जसमा हरेक साता १० जना संक्रमित फेला परेका थिए।
पालिका अनुसार विवरण:
संक्रमण सबैभन्दा धेरै शुक्लागण्डकी नगरपालिका मा ३३ जना र बन्दिपुर गाउँपालिकामा १६ जना मा देखिएको छ। यस्तै, आँबुखैरेनी र म्याग्दे गाउँपालिकामा ६–६ जना संक्रमित भेटिएका छन्। व्यास नगरपालिकामा ३ जना, भिमाद र अन्य ठाउँमा २ जना, भानुमा १ जना संक्रमित देखिएको जनाइएको छ। ऋषिङ, घिरिङ र देवघाटमा भने हालसम्म डेंगु संक्रमण देखिएको छैन।
डेंगु नियन्त्रण तथा रोकथामका लागि स्थानीय तह र स्वास्थ्य कार्यालयहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। सर्वसाधारणहरूलाई लामखुट्टेबाट बच्ने उपायहरू अपनाउन, सरसफाइमा ध्यान दिन र कुनै लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न जनस्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?