ऐनापहरामा गाडी दुर्घटना : जोखिम न्यूनिकरण गर्न सराेकारवालाकाे सक्रिय

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा पर्ने पर्यटकीय स्थल एैनापहरामा पार्किङ गरिएकाे गाडी सडकबाट तल मर्स्याङ्दी नदी किनारमा खस्दा क्षति पुगेपछि यसकाे न्युनिकरणमा सराेकारवालाले चासो देखाएका छन् । उक्त स्थानमा श्रावण १८ गते ग २ ख १०७७ नम्बरको बस पछाडीतर्फ गुड्दै गर्दा सडकबाट तल खसेको थियो।

उक्त घटनापछि साेमबार तनहुँ प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति, आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधि, डिभिजन सडक कार्यालय, ट्राफिक प्रहरीसहितको टोलीले श्रावण १९ गते घटनास्थलको स्थलगत अवलोकन गरेको छ।
सुरक्षा समितिले आगामी दिनमा यस्ता दुर्घटना नदोहोरिउन् भन्नका लागि विभिन्न निर्णय गरेको छ । हाल ऐना पहराकाे पार्किङ स्थल सडकभन्दा अग्लाे भएकाेले पार्किङ स्थल सडक भन्दा हाेचाे बनाउन पालिकाले आवश्यक व्यवस्था आँबुखैरेनी गाउँपालिकाले मिलाउने छ ।
गाडी पार्क गर्दा पृथ्वी राजमार्गको सिधा यातायातमा अवरोध नहोस् भन्ने कुरामा ध्यान दिन सवारी चालकलाई आग्रह गरिएको छ।

ट्राफिक प्रहरी र डिभिजन सडक कार्यालयबीच समन्वय गरेर आवश्यक ट्राफिक चिन्ह राखिनेछ, ताकि सडक जाम वा अन्य समस्या नहोस्।
पार्किङ क्षेत्रको लागि आवश्यक जग्गा व्यवस्थापन गरिनेछ, र त्यो स्थान सुरक्षित बनाइने समेच निर्णय भएकाे तनहुँका प्रमुख जिल्ला अधिकारी अधिकारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?