तनहुँ ३१ श्रावण- तनहुँकाे दमाैलीमा नेपाल जेसीज क्षेत्र ख सम्मेलन हुने भएको छ ।
भदौ १४ र १५ गते दमाैली सभाहलमा सम्मेलन गर्न लागिएको हाे । जेसीआई व्यास नगर, दमाैलीकाे आतिथ्यतामा उक्त क्षेत्र ख सम्मेलन गर्न लागिएकाे दमाैलीमा शनिबार आयाेजीत पत्रकार सम्मेलनमा जानकारी दिईएकाे हाे ।
सम्मेलनका निर्देशक सुरेश पुरीले कार्यक्रमकाे तयारीलाई तिब्र पारिएको बताए । सम्मेलनकाे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले १४ गते उद्घाटन गर्ने बताईएकाे छ ।
सम्मेलनकाे दाेस्राे दिन तनहुँका विभिन्न जातीय धार्मिक भेषभुषा, संस्कृति र संस्कार झल्कने गरि झाँकी सहितकाे शान्ति पदयात्रा गरिने जेसिआई व्यास नगरका अध्यक्ष सुमित ढुंगानाले बताए ।
कार्यक्रममा कार्यपत्र नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर अरूणेश्वर खनालले पेश गर्नेछन् ।
व्यावसायिक तथा सामाजिक क्षेत्रमा सफल नविल बैंकका प्रमुख कार्यकारी अधिकृत मनाेज ज्ञवाली र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी टिप्पणीकारका रूपमा सहभागी हुने कार्यक्रम रहेकाे सम्मेलनका प्रवक्ता कृष्ण सुनारले जानकारी दिए ।
नेपाल जेसीज क्षेत्र ख अन्तर्गत ४२ शाखाका प्रतिनिधिहरू, विभिन्न शाखाका पदाधिकारीहरू,सदस्यहरू, राष्ट्रिय पदाधिकारी तथा परिवेक्षक लगायत अतिथि गरी ८ सय जनाकाे सहभागीता रहने क्षेत्रगत सम्मेलनका सचिव माधव न्याैपाने जानकारी दिए ।
व्यास जन्मस्थललाई चिनाउन तथा तनहुँ धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरूकाे पर्यटकीय प्रवर्दनमा समेत कार्यक्रमले सहयाेग पुग्ने विश्वास छ । पत्रकार महासंघ तनहुँ शाखा अध्यक्ष डिपि अधिकारीले युवालाई सक्षम बनाउन सम्मेलनले सहयाेग पुग्ने बताए ।
कार्यक्रमलाई सफल बनाउन २५ वटा उपसमिति बनाएर तयारी गरिएकाे छ भने करिव ६० लाख खर्च हुने अनुमान छ । तनहुँकाे दमाैली एवं आसपासका क्षेत्रका हाेटलमा अतिथिलाई राख्ने व्यवस्था मिलाईने कार्यक्रममा जानकारी दिईयाे ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?