तनहुँ ६ भाद्र – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत स्वमूल्यांकन (लिजा) मा तनहुँका १० स्थानीय तह मध्ये म्याग्दे गाउँपालिका उत्कृष्ट अंक सहित प्रथम भएको छ ।
म्याग्दे गाउँपालिका ८५.७५ अंक सहित प्रथम भएकाे हाे त्यस्तै ८५ अंक सहित आबुँखैरेनी गाउँपालिका दाेस्राे भएकाे छ।
शुक्लागन्डकी नगरपालिका ८१.७५ सहित तेश्रो, व्यास नगरपालिका ८१.२५ अंक सहित चौंथो भएकाे हाे । भानु नगरपालिकाले ८०.७५ अंक, देवघाट गाउँपालिकाले ७४ अंक, भिमाद नगरपालिकाले ७१ अंक, ऋषिङ गाउँपालिका ६९ अंक, घिरिङ गाउँपालिकाले ६७.५० अंक र बन्दीपुर गाउँपालिका ६६ अंकसहित अन्तिम स्थानमा छ ।
प्रत्येक वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत स्वमूल्यांकन (लिजा) सार्वजनिक गर्ने गर्दछ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?