देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र

तनहुँ : तनहुँ, चितवन र नवलपुरको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ ।

देवघाट मेला व्यवस्थापन मूल समितिको मङ्गलबार भरतपुरमा बसेको बैठकले मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेबारे छलफल भएको छ । चितवन र तनहुँको देवघाटलाई जोड्ने झोलुङ्गे पुल जीर्ण भएकाले पुलमा लाइन लगाएर तीर्थयात्रीलाई वारपार गराइने छ । पुलमा एकपटकमा २०० जनालाई मात्रै छोडिने र उनीहरु वारपार भएपछि मात्रै अर्को समूहलाई तर्न दिइने छ ।

त्रिशूली र कालीगण्डकी नदीको वेणी सङ्गममा स्नानका लागि जान चितवन र नवलपुरतर्फबाट ¥याफ्टिङ डुङ्गासमेत सञ्चालन हुनेछन् । सो क्षेत्रमा कम्तीमा ३० ¥याफ्टिङ डुङ्गा सञ्चालन गरिने आयोजकले बताएका छन् । नदी तरेर वेणीमा जानका लागि एकतर्फी भाडा रु ३५ तोकिएको छ ।

मेलामा पाँच लाखभन्दा बढी दर्शनार्थी आउने अपेक्षा गरिएको छ । तीर्थयात्रीलाई आगो ताप्न धुनीको र पानीको व्यवस्थापन तथा सवारी पार्किङको व्यवस्थापन भइसकेको आयोजकहरुको भनाइ रहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?