व्यास नगरपालिकामा प्लास्टिकजन्य माला प्रयोगमा निषेध

तनहुँ — व्यास नगरपालिकाले नगर क्षेत्रभित्र प्लास्टिकजन्य माला प्रयोग गर्न नपाइने निर्णय गरेको छ। नगरलाई सफा र वातावरणमैत्री बनाउने उद्देश्यले नगर कार्यपालिकाको बैठकले यस्तो व्यवस्था लागू गरेको हो।

तिहार नजिकिँदै गर्दा प्लास्टिकका फूल र कृत्रिम माला प्रयोग नगर्न अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए। उनले निषेधित वस्तु प्रयोग भएको पाइएमा नियमानुसार कारबाही गरिने चेतावनी दिए।

नगरलाई स्वच्छ र स्वस्थ बनाउन चलाइएको अभियानअन्तर्गत कार्यपालिकाको २४ गते बसेको बैठकले प्लास्टिकजन्य फूल तथा कृत्रिम माला नगरमा प्रयोग नगर्ने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?