कात्तिक १० गते दमौलीमा एनपिएल ट्रफी परेड गरिने

तनहुँ — नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी कात्तिक १० गते दमौलीमा परेड गरिने भएको छ। एनपिएलको दोस्रो संस्करण सुरु हुनुअघि सातै प्रदेशमा ट्रफी घुमाउने कार्यक्रमअनुसार गण्डकी प्रदेशका लागि दमौलीमा परेड हुने तय गरिएको हो।

परेड दमौली बजार क्षेत्रमा दिउँसो १२:३० बजे सार्वजनिक गर्ने जनाइएको छ। गण्डकी प्रदेश प्रतिनिधि टोली पोखरा एभेन्जर्सले ट्रफी प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन गर्दै ल्याउनेछ।

कार्यक्रमअनुसार ट्रफी गैडाकोट र मनकामना हुँदै दमौली ल्याइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?