मेयर कप भलिबलको उपाधि व्यास–१३ ले जित्यो

तनहुँ — व्यास नगरपालिकाले आयोजना गरेको दोस्रो मेयर कप वडा स्तरीय भलिबल प्रतियोगितामा व्यास नगरपालिका–१३ विजेता बनेको छ। शनिबार व्यास–३ को खुला मैदानमा भएको फाइनलमा साविक च्याम्पियन व्यास–६ लाई ३–१ सेटले पराजित गर्दै व्यास–१३ ले उपाधि हात पारेको हो।

गत संस्करणको विजेता व्यास–६ यसपटक दोस्रो स्थानमा रोकियो।
तेस्रो स्थानका लागि भएको खेलमा व्यास–५ ले व्यास–८ लाई पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो।

प्रतियोगितामा पहिलो हुने टोलीले ५० हजार, दोस्रोले ३५ हजार र तेस्रोले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

व्यक्तिगत विधामा व्यास–१३ का दिपेश आले उत्कृष्ट खेलाडी, व्यास–६ का टाइसन गुरुङ उत्कृष्ट लिफ्टर र व्यास–१३ का मोतीराम थापा उत्कृष्ट स्पाइकर घोषित भए।

विजेतालाई पुरस्कार वितरण गर्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका थिए।

वडास्तरबाटै दक्ष भलिबल खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयर कप आयोजना गरिएको समितिले जनाएको छ। निकट भविष्यमै तनहुँका पालिकास्तरीय भलिबल प्रतियोगिता गर्ने योजना समेत रहेको समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?